+
+

नर्सहरुको ब्युटी पेजेन्ट ‘मिस नेपाल पिस २०२४’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १७:२४

काठमाडौँ । पूर्वमिस नेपाल नम्रता श्रेष्ठ व्यावसायिक दूत रहेको ‘मिस नेपाल पिस २०२४’ ले नयाँ संस्करणको घोषणा गरेको छ । नेक्स्ट मोडल नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको आवेदन खुला भएको जनाएको छ ।

शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । फागुन २६ गतेदेखि छनोट चरणको अडिसन आयोजना हुने उक्त अवसरमा जानकारी दिइयो ।

प्रारम्भिक चरणमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा १०० भन्दा बढी अस्पतालमा कार्यरत नर्सको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेशासँग सम्बन्धित ब्युटी पेजेन्ट हो । १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्ने यो प्रतिस्पर्धामा डिजिटल वालेट खल्तीको एप र वेबसाइटबाट आवेदन दिन सकिने जनाइएको छ ।

छनोट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, करिअर काउन्सिलिङ लगायतका प्रशिक्षण दिइने छ ।

अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेशा रोजेका र अध्ययन गरिरहेकालाई पेशा र समाजप्रति थप उत्तरदायी बनाउने यो प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?