+

अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै

२०८३ साउन  १८ गते १५:१६ २०८३ साउन १८ गते १५:१६
अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु गरेको छ।

१८ साउन, काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो ।

स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् ।

मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा.संगीता मिश्रका साथै मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन् ।

वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनकराी दिएको छ ।

नर्स रानाभाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान( वीर अस्पताल) मा नर्सिङ विषयमा स्नातकोत्तर गर्दैछिन् ।

१५ बुँदे माग राखेर उनी शनिबारदेखि अनसन बसेकी थिइन् ।

रानाभाटले सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न माग गरेकी छिन् । यसका साथै सम्मानजनक सेवा–सर्त, पर्याप्त दरबन्दी, श्रम शोषणको अन्त्य, जोखिम भत्ता, सार्वजनिक बिदा तथा विभेदकारी कानुनी व्यवस्था संशोधन लगायतका माग राखेकी छिन् ।

१४ साउनदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशनरत रानाभाटलाई शनिबार वीर अस्पताल भर्ना गरिएको थियो । रक्तचाप र सुगरको मात्रा अत्यधिक घटेपछि आइतबार क्याबिनबाट आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।

अनसन ज्योति रानाभाट नर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

साउनमा हल्का खाना किन खाने ? आयुर्वेदको यस्तो सल्लाह

साउनमा हल्का खाना किन खाने ? आयुर्वेदको यस्तो सल्लाह

मानिस मृत्यु होइन, पीडाबाट छुट्कारा चाहन्छ

मानिस मृत्यु होइन, पीडाबाट छुट्कारा चाहन्छ

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

रगत चढाउँदा हेपाटाइटिस ‘बी’ र ‘सी’ को परीक्षण किन अनिवार्य छ ?

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

आमाको मात्रै होइन शिशुलाई स्तनपान गराउने जिम्मेवारी

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

ओडारमै छोरा जन्माएकी सौरीलाई अनमी खत्रीले दिइन् सेवा

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?

शरीर आफैं किन चल्छ, अनि शरीरको त्यो नियन्त्रण कसले खोस्छ ?