+
+

सामाजिक सञ्जालबाट लोकतन्त्र खतरामा छैन : उपाध्यक्ष पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १३:०२

१२ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताए ।

‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ’, उनले भने, ‘तर, लोकतन्त्र नै खतरामा पार्‍यो भन्ने चाहिँ होइन । यसलाई त नियमन गर्ने पाटो छन् ।’

उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?