+
+

कर्णालीका अर्थ सचिव पौडेलको १७ दिनमै सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १९:२१

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद पौडेलको १७ दिनमै सुरुवा भएको छ । वैशाख २७ गते हाजिर भएका सचिव पौडेललाई आइतबार अर्थ मन्त्रालयले बिदाइ गरेको छ ।

पौडेलको कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । पौडेल आजसम्मकै सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् । उनी आउनुभन्दा अगाडि अर्थ मन्त्रालय लामो समयसम्‍म सचिवविहीन थियो ।

२१ मंसिर ०८० मा अर्थ सचिव भएर आएका रमेश न्यौपाने गत ४ चैतमा सरुवा भएर बागमती प्रदेश गएका थिए । सचिव नहुँदा आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया नै सुरु हुन सकेको थिएन । पौडेलले आएर बजेटको सिलिङ वितरण गरेका थिए ।

त्यस्तै कर्णालीको नयाँ अर्थ सचिवका रूपमा रविलाल शर्मा आइतबार नै हाजिर भएका छन् । नयाँ आएका सचिव शर्मा अर्थ मन्त्रालयको १२ औँ सचिव हुन् । ०७४ सालयता कर्णालीको अर्थ मन्त्रालयमा ८ जना मन्त्री फेरिँदा १२ अर्थ सचिव फेरबदल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?