+
+

सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १८:०७

१२ फागुन, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ ।

सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी  निर्माण भएको पुलको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ ।

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।

पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?