+
+

विशिष्ट फिल्मकर्मीलाई सम्मान गर्दै आइएनएनएफको नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २२:००

काठमाडौं । इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ)ले पाँच दशकसम्म नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याउने पाँच कलाकारलाई ‘चलचित्र स्वर्णीम सम्मान २०८०’बाट सम्मान गरेको छ ।

संस्थाको पहिलो साधारण सभाको अवसरमा नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई सम्मान प्रदान गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सम्मान प्रदान गरे ।

चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा अभिनेता रमेश बुढाथोकी, अभिनेत्रीद्धय गौरी मल्ल र करिश्मा मानन्धर, अभिनेता रविन्द्र खड्का र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई थिए । सो अवसरमा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ, मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष, रमेश कोइराला महासचिव, भीष्मराज फुलारा सचिव, ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईँ र मधुर अधिकारी छन् ।

सो अवसरमा ‘सिमानाभन्दा पर नेपाली चलचित्र’ विषयमा छलफल समेत गरियो । निर्देशक तथा अभिनेता शाहले नेपाली फिल्मको नीतिगत र गुणस्तर विकासमा फिल्मकर्मीको बढी कमजोरी भएकाले सच्याउनुपर्ने धारणा राखे । राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले नेपाली फिल्मलाई गैरनेपाली दर्शकसम्म लैजानका लागि पहल गर्नुपर्ने बताए ।

अध्यक्ष प्याकुरेलले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर विकास र बिस्तारका लागि बिशेष कार्ययोजना ल्याउने अन्तराष्ट्रिय संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?