+
+

राष्ट्रिय सभा अध्यक्ष चुनावबारे सत्तापक्षीय ४ दलको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते ११:२३

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष चुनावको सन्दर्भमा सत्तापक्षीय पाँच दलबीच छलफल भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।

नयाा वानेश्वर स्थित संसद भवनको लोत्सेहलमा सत्ता पक्षीय दलका सांसदहरुबीच छलफल भएको हो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु उपस्थित छन् ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । अध्यक्षका लागि गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले सोमबार मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?