+
+

धरान उपमहानगरले आउँदो वर्षदेखि फिल्मलाई बजेट छुट्याउँछ : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १२:५६

काठमाडौं । धरान उपमहानगरपालिकाले आउँदो वर्षदेखि फिल्म क्षेत्रमा पनि बजेट विनियोजन गर्ने भएको छ । फिल्म ‘महाजात्रासँग स्थानीय सरकार : सिनेमा संवाद’ कार्यक्रममा नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले उक्त कुरा बताए ।

धरानमा रहेका फिल्म छायांकनका लोकेसन समावेश हुने गरी डायरी सार्वजनिक गरिने उनले जनाए । ‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु,’ मेयर साम्पाङले भने, ‘अबको फिल्मलाई लिएर बजेटमा राख्छु ।’ उनले नेपाली कला संस्कृतिको विकासमा आफू गम्भीर रहेको समेत बताए ।

अभिनेता हरिवंश आचार्यले नगरप्रमुख राईको काम गर्ने शैलीको आफू प्रशंसक रहेको बताए । धरानमा आफू अभिनित फिल्म ‘बलिदान’ छायांकन गरेको स्मरण गर्दै उनले फिल्मका लागि धरान प्रमुख गन्त्व्य रहेको बताए ।

अभिनेता रवीन्द्रसिंह बानियाँले सरकारसँग आफूहरुले हातेमालोको आशा राखेको बताए । फिल्म छायांकनका लागि लोकेसनको खोजीमा सहजीकरण गर्न उनले आग्रह गरे । अभिनेता विपिन कार्कीले छायांकन स्थलको लागि कहिलेकाहीं लफडा पर्ने बताए ।

अभिनेता रवीन्द्र झाले छायांकन स्टुडियो जरुरी रहेको बताए । अभिनेत्री वर्षा राउतले लोकेसनको खोजीमा उपमहानगरले सहजीकरण गर्नुपर्ने बताइन् । महिला कलाकारलाई फिल्म छायांकनमा असहज हुने भएकाले स्थानीय सरकारले समन्वय गर्नुपर्ने बताइन् ।

‘महाजात्रा’ चैत ९ गतेदेखि प्रदर्शन तयारीमा छ । फिल्म टोली प्रवर्द्धनका लागि यतिबेला देश दौडाहामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?