+
+

प्रधानमन्त्री प्रचण्डलाई छमछमी नचाए प्रकाश सपुतले

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १४:५६

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘गलबन्दी’मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छमछमी नचाएका छन् । पोखरा सहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्न आयोजित समारोहमा सपुतको गीतमा प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री, पूर्वगृहमन्त्री र पोखराका मेयर मजाले नाचे ।

सपुतले पञ्जैबाजाको अर्को ट्रयाकमा पनि उपस्थितलाई नचाए । प्रचण्डलाई अब्बल क्रान्ति नायक भन्दै गायक सपुतले उनीसामु आफूले पहिलो सांगीतिक प्रस्तुति रहेको बताए ।

सपुतले ‘गलबन्दी’ गीत गाउन सुरु गर्दा प्रधानमन्त्री प्रचण्डसहितका अतिथि सबै उठेर मंचमा नाच्न तयार भएका थिए । अर्का गायक धर्मेन्द्र सेवानले अर्को चर्चित गीत ‘रेशम फिलिली’ गाएर समारोहमा मनोरञ्जन दिए । गायक प्रमोद खरेलले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?