+
+

आईपीएल २०२४ का सर्वाधिक बलिया ५ टोली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १९:२०

४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ चैत ९ गते सुरु हुँदैछ । १० टोली सहभागी आईपीएल डबल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङदेखि उदीयमान तीव्र गतिका बलर जेराल्ड कोट्जीको बाउन्सर हेर्न समर्थक आतुर छन् ।

कुनैपनि टोली कस्तो छ त्यसमा रहेका खेलाडी, उनीहरुको क्षमता, पछिल्लो समयको लय, टोली सन्तुलनलाई हेरेर प्रतियोगिता अघि नै अनुमान गर्न सकिन्छ । एक पक्ष मात्रै बलियो भएर उपाधि जित्न कुनैपनि टोलीलाई निकै कठिन पर्छ । कागजी रुपमा सबै टोलीलाई हेर्दा २०२४ का सर्वाधिक बलिया ५ टोली यस प्रकार छन् ।

चेन्नई सुपर किंग्स

साविक विजेता चेन्नई आईपीएलको सर्वाधिक सफल टोली हो । धोनीको कप्तानीमा चेन्नईले पाँच पटक ट्रफी जितेको छ । प्लेइङ–११ छनोट, बलिङ परिवर्तन, फिल्डिङ सजावट, कप्तान रणनीति र ब्याटिङक्रम लगायत सबै कुरामा कप्तानले लिने निर्णयले धेरै फरक पार्छ । कप्तानको चलाखी निर्णयले हारको मुखबाट पनि खेल जित्न सक्ने सम्भावना रहन्छ ।

धोनी आफ्नो कप्तानीमा जस्तोसुकै टोलीलाई पनि मजबुत बनाउने खुबी राख्छन् । धोनी स्टार खेलाडी भन्दा पनि आफूसँग भएको खेलाडीबाट शतप्रतिशत नतिजा निकाल्न खोज्छन् ।

RCB vs CSK in Pictures, IPL 2023: Chennai Super Kings Win ...

 

त्यसैले धेरै खेलाडीको सपना धोनीको कप्तानीमा खेल्ने हुन्छ । चेन्नई मजबुत हुनुको प्रमुख कारण धोनीको कप्तानी नै हो । विपक्षी ब्याटरको कमजोरी अनुसार फिल्डिङ सजावट र बलिङ लगाउने हुँदा चेन्नईविरुद्ध कुनैपनि ब्याटरलाई राम्रो प्रदर्शन गर्न मुश्किल पर्दछ ।

चेन्नईले न्युजिल्यान्डका दुई अलराउन्डर डर्याल मिचेल र रचिन रवीन्द्रलाई अक्सनमा किनेपछि टोली सन्तुलन झनै मिलेको छ । अर्कोतर्फ दीपक चाहर चोटबाट फर्किदा र शार्दुल ठाकुरलाई अक्सनबाट फर्काउँदा तीव्र गतिको बलिङ आक्रामण मजबुत बनेको छ ।

डेभन कन्वे, रचिन रवीन्द्र र ऋतुराज गायकवाड शीर्षक्रमका ब्याटर हुनेछन् । अजिन्क्या रहाने, शिबम दुबे र डर्याल मिचेलले मध्यक्रम सम्हाल्नेछन् । त्यसपछि धोनी र जडेजाको जोडी हुनेछन् । अक्सनमा ८ करोड ४० लाख भारु खर्चेका युवा विकेटकिपर समिर रिज्वी पनि छन् । चेन्नईको ब्याटिङमा गहिराई र मजबुती छ ।

अर्कोतर्फ प्लेइङ ११ ले खराब प्रदर्शन गर्दा बेन्चमा पनि राम्रो विकल्प छन् । तीव्र गतिका बलरमा दीपक चाहर, पाथिराना, शार्दुल ठाकुर, मुस्ताफिजुर रहमान र मकुेश चौधरी जस्ता खेलाडी छन् । शार्दुल तल्लोक्रममा राम्रो ब्याटिङ गर्छन् । स्पिनमा जडेजासँगै महेश थिक्सेना छन् ।

राजस्थान रोयल्स

सञ्जु स्यामसनको कप्तानमा रहेको राजस्थान रोयल्स अर्को उपाधि दाबेदार टोली हो । पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएपनि उपाधि जित्न सकेको छैन ।

राजस्थानको टोलीमा ब्याटिङ, तीव्र र स्पिन दुबै बलिङ सन्तुलन मिलेको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका यशस्वी जैसवाल र जस बटलर ओपनरको रुपमा छन् । यी दुईमध्ये एक चलेको खण्डमा जित सहज हुनसक्छ । बटलर अनुभवी र जैसवाल युवा हुँदा आक्रामक क्रिकेटमा झनै हाबी हुन सक्छन् ।

RR Team 2023 Player List: Complete Rajasthan Royals (RR ...

सञ्जु स्यामसन, सिम्रन हेटमायर, रोभम्यान पावेल, धुब्र जुरेल र रियान पराग जस्ता ब्याटर छन् । यी सबै टी–२० ब्याटरको रुपमा चिनिन्छन् । ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, आवेश खान र नवदिप सैनी जस्ता तीव्र गतिका बलर छन् । स्पिनरमा युजभेन्द्र चहल र रविचन्द्रन आश्विन छन् ।

रोयल च्यालेन्जर्स बेंगलोर

रोयल च्यालेन्जर्स बेंगलोर आईपीएलको अभागी टोली मानिन्छ । टोलीमा स्टार खेलाडी अनुबन्ध गरेपनि उपाधि ट्रफीको तड्पाई अन्त्य गर्न सकेको छैन । बेंगलोरको मुख्य हतियार ब्याटिङ हो । यहाँ विराट कोहली, ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिस जस्ता तीन सुपर स्टार खेलाडी छन् । यी तीन खेलाडी चलेको खण्डमा पहिलो उपाधि सपना साकार हुनसक्छ ।

विश्वकपमा अफगानिस्तानविरुद्ध त्यो दोहोरो शतकीय इनिङले म्याक्सवेलको परिचय र क्षमता भन्न पर्याप्त छ । टी–२० का एक अद्भूत खेलाडी म्याक्सवेल क्रिजमा हुँदासम्म बेंगलोरलाई असम्भव केही हुनेछैन । बेंगलोरले टोलीको सन्तुलन मिलाउन मुम्बई इन्डियन्सबाट क्यामरन ग्रिनलाई १७ करोड ५० लाख भारुमा किनेको थियो ।

RCB vs DC Highlights, IPL 2023: Bangalore beat Delhi ...

ग्रिन ओपनिङमा आक्रामक क्रिकेटसँगै तीव्र गतिमा बलिङ गर्ने गर्छन् । रजत पाटिदार र दिनेश कार्तिक टोलीमा हुँदा ब्याटिङ मजबुत नै देखिन्छ । तीव्र गतिको बलिङ आक्रामणमा लोकी फर्गुसन, मोहम्मद सिराज र अल्जारी जोसेफजस्ता बलर छन् । स्पिन अलराउन्डरमा विल ज्याक्स पनि हुनेछन् ।

सनराइजर्स हैदरावाद

हैदरावाद कागजी रुपमा निकै मजबुत देखिन्छ । विशेषगरि विदेशी खेलाडीको ४ जनाको कोटा छनोट गर्न सहज हुनेछैन ।

यस पटक अक्सनमा प्याट कमिन्स, ट्रविस हेड र वानिन्दु हसरंगालाई किनेपछि हैदरावाद मजबुत बनेको हो । गत नोभेम्बरमा भारतलाई एकदिवसीय विश्वकप फाइनलमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेका थिए ।

त्यसैले अक्सनमा कमिन्सलाई हैदराबादले २० करोड ५० रुपैयाँ खर्चेको थियो । राहुल त्रिपाठी, मयंक अग्रवाल, हेड, हेनरिक क्लासेन, ग्लेन फिलिप्स र एडेन माक्ररम जस्ता ब्याटर टोलीमा छन् । वासिन्टन सुन्दर, वानिन्दु हसरंगा, मार्को यानसन र अब्दुल सामद अलरान्डरको रुपमा छन् । वासिन्टन नयाँ बल र हसरंगा मध्यक्रममा स्पिन गर्नेछन् । विपक्षी ब्याटरलाई सहज पनि हुनेछैन ।

DC vs SRH in Pictures, IPL 2023: Sunrisers Hyderabad Beat ...

 

तीव्र गतिका बलरमा योर्कर स्पेलिस्ट टि नटराजन, प्रतिघण्टा १५० किलोमिटरको गतिमा गर्ने खुबी राख्ने उमरान मलिक, भुवनेश्वर कुमार र प्याट कमिन्स जस्ता बलर छन् । कागजी नाम अनुसार प्रदर्शन गर्न सके हैदराबादले दोस्रो उपाधि जित्न सक्छ ।

मुम्बई इन्डियन्स

पाँच पटकको च्याम्पियन मुम्बईमा टी–२० विश्वस्टार ब्याटरको बाहुल्य छ । रोहित शर्मा, ईशान किसन, हार्दिक पान्ड्या, टिम डेविड र सूर्यकुमार यादव मुम्बईको टोलीमा छन् । हार्दिक पान्ड्या गुजरात छाडेर मुम्बई फर्किएपछि टोलीको ब्याटिङ लाइनअप मजबुत बनेको थियो ।

PIX: Mumbai Indians clinch last-ball thriller over Delhi ...

तीव्र गतिका बलरमा जस्प्रित बुमराह, जेराल्ड कोट्जी, रोमारियो सेफर्ड, जेसन बेहरेनडोर्फ, नुवान थुसेरा र दिलसान मदुसानका छन् । योर्करमा चर्चित बुमराह र उदीयमान जेराल्डको जोडी विपक्षीलाई घातक बन्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?