+
+

आईपीएल जितेका टोलीहरू

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ९:०८

५ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् ।

चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो ।

मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । चेन्नाई फाइनलमा पाँच र मुम्बई एक पटक पराजित भएका थिए । चेन्नाईले हारेका पाँचमध्ये तीन फाइनल मुम्बइसँग थियो । बाँकी दुई कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्ससँग थियो ।

कोलकाताले दुई, सनराइजर्स हैदरावाद, गुजरात टाइटन्स, राजस्थान र डेक्कन चाजर्सले १-१ आईपीएल ट्रफी जितेका छन् ।

रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स र दिल्ली क्यापिटल्सले सुरुआतदेखि नै आईपीएल खेले पनि उपाधि जित्न सकेका छैनन् । सन् २०२२ देखि आईपीएल खेलेको नयाँ टोली लखनउ सुपर जायन्ट पनि उपाधि जितेको छैन ।

बेंगलोर फाइनलमा तीन, पन्जाब र दिल्ली एक/एक पटक पराजित भएका थिए ।

२००८ देखि सुरु भएको आईपीएलका हालसम्मका विजेता, उपविजेता टोली र फाइनल नतिजा यस प्रकार छ :

पहिलो संस्करण २००८ : राजस्थान रोयल्य च्याम्पियन, चेन्नाई ३ विकेटले पराजित ।

दोस्रो संस्करण २००९ : डेक्कन चाजर्स च्याम्पियन, बेंगलोर ६ रनले पराजित ।

तेस्रो संस्करण २०१० : चेन्नाई च्याम्पियन, मुम्बइ २२ रनले पराजित ।

चौथो संस्करण २०११ : चेन्नाई च्याम्पियन,  बेंगलोर ५८ रनले पराजित ।

पाँचौं संस्करण २०१२ : कोलकाता च्याम्पियन, चेन्नाई ५ विकेटले पराजित ।

छैटौं संस्करण २०१३ : मुम्बई च्याम्पियन, चेन्नाई २३ रनले पराजित ।

सातौं संस्करण २०१४ : कोलकाता च्याम्पियन, पन्जाब ३ विकेटले पराजित ।

आठौं संस्करण २०१५ : मुम्बइ च्याम्पियन, चेन्नाई ४१ रनले पराजित ।

नवौं संस्करण २०१६ : हैदराबाद च्याम्पियन, बेंगलोर ८ रनले पराजित ।

दशौं संस्करण २०१७ : मुम्बइ च्याम्पियन, राइजिङ पुणे सुपर जायन्ट्स १ रनले पराजित ।

११औं संस्करण २०१८ : चेन्नाई च्याम्पियन, हैदरावाद ८ विकेटले पराजित ।

१२औं संस्करण २०१९ : मुम्बइ च्याम्पियन, चेन्नाई १ रनले पराजित ।

१३औं संस्करण २०२० : मुम्बइ च्याम्पियन, दिल्ली ५ विकेटले पराजित ।

१४औं संस्करण २०२१ : चेन्नाई च्याम्पियन, कोलकाता २७ रनले पराजित ।

१५औं संस्करण २०२२ : गुजरात टाइटन्स च्याम्पियन, राजस्थान रोयल्स ७ विकेटले पराजित ।

१६औं संस्करण २०२३ : चेन्नाई च्याम्पियन, फाइनलमा गुजरात ५ विकेटले पराजित ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?