+
+

चोभार सुक्खा बन्दरगाहबाट ६५ करोडको वस्तु आयात, निर्यात नगण्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:३४
फाइल तस्वीर

८ चैत, काठमाडौं । काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाहबाट गत आठ महिनामा ६५ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चोभारबाट उक्त रकम बराबरको सामान आयात भएको हो । चोभारबाट निर्यात भने नगण्य छ ।

नेपालमा कुल ३० भन्सार बिन्दुबाट सामान आयात–निर्यात हुने गर्छ । आठ महिनामा कुल १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब रुपैयाँ बराबर मात्र भएको छ ।

सबैभन्दा धेरै आयात–निर्यात हुने भन्सार बिन्दु वीरगञ्ज हो । चोभार सुक्खा बन्दरगाहबाट कुल आयातको ०.६ प्रतिशत मात्र वस्तु आयात भएको तथ्यांकले देखाएको छ । वीरगञ्जबाट कुल आयातको ३४.२७ प्रतिशत वस्तु आयात हुन्छ । निर्यातमा वीरगञ्जको हिस्सा १९.४६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?