+
+

बसन्तपुरको होली उत्सव (तस्वीरहरु)

विकास/चन्द्र/शंकर/आर्यन विकास/चन्द्र/शंकर/आर्यन
२०८० चैत ११ गते १९:१०

११ चैत, काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ ।

साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ ।

काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए ।

यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?