
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई मनोनित गरेको छ ।
रोकाया कर्णालीबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । रोकाया कर्णालीका कांग्रेस महामन्त्री समेत हुन् । उपसभापति पूर्णबहादुर खड्का निकट उनी कांग्रेस-माओवादी गठबन्धन हुँदा राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।
कांग्रेस सभापति शेरबहादु रदेउवाले राष्ट्रिय सभामा दलको नेतामा कृष्णप्रसाद सिटौलालाई यसअघि नै मनोनित गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4