+
+

नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते ११:२७

काठमाडौं । सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रिमेश अधिकारी फिल्म्सले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १८ गते पुनः रिलिज गर्ने जनाएको छ ।

रिमेश अधिकारी निर्देशित यो फिल्म गत वर्ष कात्तिक ४ गते रिलिज भएको थियो । देशव्यापी विशेष प्रदर्शनको क्रममा देशभक्ति र पुर्खाको लडाइँको ऐतिहासिक कथामा आधारित फिल्मलाई पुनः दर्शकमाझ ल्याउन सबैले सुझाव दिएपछि पुनः प्रदर्शन तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पुनः प्रदर्शनमा सघाउन निर्माता तथा निर्देशक अधिकारीले संघीय र प्रदेश सरकारलाई समेत आग्रह गरेका छन् । यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्म-२०२० ले पुरस्कृत गरेको थियो ।

यो फिल्मले देहरादूनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँको कथा भन्छ ।

वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा चित्रण गर्ने यो फिल्म धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।

फिल्म रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्म्स, गंगानारायण फिल्म प्रोडक्सन र बीजी बी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । निर्देशक अधिकारी यतिबेला नयाँ फिल्म ‘कोतपर्व’को तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?