+
+

अवैध विदेशी मुद्रासहित ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:३३

१५ चैत, काठमाडौं । अवैध विदेशी मुद्रासहित क्यानडाका दुई र नेपाली एक गरी तीनजना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन् ।

इण्डिगो एयरलाइन्सको उडानबाट काठमाडौं, दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा अवैध मुद्रासहित पक्राउ गरिएको हो ।

उनीहरुको हृयाण्ड ब्यागमा विभिन्न दरका जम्मा २७ हजार ४२८ अमेरिकी डलर, १ हजार ४८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका ११० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको विमानस्थल स्रोतले बतायो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?