+
+

सुजुकीको ‘नयाँ वर्ष–२०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते २०:२१

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले ‘नयाँ वर्ष–२०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक गरेको छ ।

मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकलाई लक्षित गरी नयाँ वर्षको अवसरमा यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुटका साथै थप स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म क्यास एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ ।

यो योजना १४ चैतदेखि १८ जेठ २०८१ सालसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?