+
+

८ वैशाखमा ‘पिंक केयरएथन’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १९:३५

१६ चैत, काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले आगामी वैशाख ८ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछन् । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ ।

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?