+
+

बागमतीका संस्कृतिमन्त्री भन्छन् : मुख्यमन्त्री हुने सम्भावना देखियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:१२

१९ चैत, हेटौंडा । बागमतीका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले आफू झण्डै मुख्यमन्त्री भएको बताएका छन् ।

विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै हाम्रो नेपाली पार्टी संसदीय दलका नेतासमेत रहेका बज्राचार्यले आफू परिस्थितिले मन्त्री भएको बताए ।

प्रदेशसभामा आफूले चाहेर मन्त्री भएको होइन भन्दै उनले  ०८४ मा चाहिँ मुख्यमन्त्री हुन्छु कि भन्ने गरेको स्मरण गरे । सत्ता समीकरणमा आएको हेरफेरसँगै आफूले संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री दाबी गरेको भन्दै उनले भने ‘यस्तै परिपाटीले ०८४ होइन, यही समयभित्र हुनसक्ने सम्भावना पनि देखाइदियो ।’

राजनीति भनेको डिमाण्ड र दबाब रहेछ भन्ने आफूले बुझेको उनले बताए । ‘सांसदको चुनाव जित्दा ३ दिनसम्म झण्डै बेहोस अवस्थामा थिएँ’,  उनले भने, ‘यो प्रक्रिया चल्दै गर्दा ३ दिन मैलै दबाबका कारण सिटामोल खाएर शरीर धान्नुपर्ने अवस्था भयो ।’

उनले मुख्यमन्त्री जम्कट्टेललाई समर्थन गर्नुको कारण पनि खुलाए । दुई पटक सरकारलाई समर्थन गर्दा पनि आफूलाई अन्याय गरेको भन्दै उनले मन्त्री नबनाएकोमा असन्तुष्टि जनाए । यसपटक मुख्यमन्त्रीले नै धेरै पटक भेटेको र कमजोरी भएको स्वीकार गरेको बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?