+
+

सेलिब्रेटीलाई केकीले पठाइन् केक कोसेली

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १४:३५

काठमाडौं । यतिबेला केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ले सेलिब्रेटीलाई कोसेलीको रुपमा केक पठाइरहेको छ । कार्यालयदेखि सेलिब्रेटीको घरमै केकीले केक र नयाँ वर्षको शुभकामना पत्र पठाइरहेकी छन् ।

वैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मको यो काइदा गजबको मान्नुपर्छ । केक पाउने कलाकारले पनि सामाजिक सञ्जालबाट ‘बोक्सीको घर’को यो कोसेलीको फोटो र भिडियो सेयर गरिरहेका छन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बा, महाजात्रा फिल्मको युनिट, स्वस्तिमा खड्का, वर्षा राउत, वर्षा सिवाकोटी, बेनिशा हमाल, सरिता गिरी लगायतलाई केकीले केक कोसेली पठाएकी छन् । केकको साथमा फिल्मको बारेमा केही सन्देश र जानकारी पनि उल्लेख गरिएको पत्र समावेश छ ।

केकीको कोसेली पाएपछि सेलिब्रेटीले फिल्मको व्यावसायिक सफलताको शुभकामना पनि दिइरहेका छन् । बोक्सी कुप्रथाबारेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।

फिल्ममा केकीको शीर्ष भूमिका छ । रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोलाले पनि अभिनय गरेका छन् । फिल्ममा समावेश गीत ‘बुझिनँ मैले’ यतिबेला चर्चामा छ । यो फिल्मको निर्माण केकीको होम-प्रोडक्सन ‘केकी अधिकारी फिल्म्स’ले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?