+
+

नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १३:११

७ वैशाख, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् ।

संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो ।

नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनका रुपमा रहेको महासंघमा सापकोटा यसअघि महासचिव थिए ।

महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि महासंघको उपाध्यक्ष थिए । कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि महासंघका लेखा आयोग संयोजक थिए ।

देशको बिग्रँदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटि गठन गरेको बताएको छ ।

उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रीय कमिटी बैंठकमा उपस्थित केन्द्रीय सदस्यलाई आयोजक समितिमा राखिएको छ । लगातार ३ पटक केन्द्रीय कमिटी बैंठकमा नआउने केन्द्रीय सदस्यहरूलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ ।

महासंघको केन्द्रीय कार्यसमिति बैंठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालीन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो ।

कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवम् पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्नुका साथै पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए ।

यसैगरी संयोजक भएसँगै सापकोटाले अहिलेको विषम परिस्थितमा व्यवसायीका समस्या समाधान गर्न पार्टीदेखि सरकारसँग लबिइङ गर्नुपर्ने जिम्मेवारी आफूकहाँ आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?