+
+

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्योः माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते ११:५१

१३ वैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष नेपालले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको आरोप लगाएका हुन् ।

‘हामी हचुवा पाराले काम गर्छौं । देशभरका जतिपनि ७४३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ’, उनले भने ।

नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?