+
+

लाल बकैया नदीमा झोलुंगे पुल, बाटो आधा छोटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १४:२७

७ वैशाख, रौतहट । रौतहटको गौरमा रहेको लाल बकैया नदीमा बनेको झोलुंगे पुल सञ्चालनमा आएको छ ।

 पुललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे ।

 ४ करोड २७ लाखको लागतमा बनेको पुलको लम्बाई २ सय ५९ मिटर छ । एकैसाथ ६ सय ७१ पैदल यात्री भारवाहन क्षमता भएको पुलले एक घन्टाको बाटो आधा छोटिने गौर नगरपालिकाका मेयर शम्भु साहले बताए । पुलको बनेपछि वर्षा याममा स्थानीयहरुलाई नदी वारपार गर्न सहज हुने उनले बताए ।

पुल उद्घाटनपछि अध्यक्ष नेपालले गौर र ईशनाथ नगरपालिकाका स्थानीयलाई छोटो समयमै आवतजावत गर्न सहज विश्वास व्यक्त गरे ।

      

    

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?