+
+

फेरि उकालो लाग्यो सुन, एकैदिन १४ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते ११:०१

१४ वैशाख, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । यसअघि वैशाख ९ गते सुन १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६७५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?