+
+

सुनचाँदीको भाउ स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते ११:१९

२६ वैशाख, काठमाडौं । बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो ।

जसअनुसार आज तोलामा १ लाख ३६ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ ताेलामा १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलाको १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?