+
+

‘सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश, रेणु र प्रशान्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १६:१४

काठमाडौं । टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले बनाउन लागेको कथानक फिल्म ‘लाज शरणम्’को यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् ।

निर्माताले आधिकारिकरुपमा केही नबताएपनि फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।

निर्माताले अधिकारिक घोषणा नहुञ्जेलसम्म सूचनालाई बाहिर आउन नदिन प्रयास गरिरहेका छन् । यद्यपि, यो फिल्मको कास्टिङ रोचक हुने पक्का छ । स्रोतका अनुसार यो फिल्ममा महेश त्रिपाठी, रेणु योगी र प्रशान्त ताम्राकार पनि जोडिएका छन् । यी तीनजना कलाकार अहिले वर्कसपमा छन् ।

यसबारे बलेलाई सोध्दा उनले आफू मौन रहने बताए । अहिले पुरानो बानेश्वरमा यो फिल्मको वर्कसप चलिरहेको छ । सुदीप बरालले छायांकन गर्ने यो फिल्मको छायांकन कर्णाली प्रदेशमा हुने तयारीमा छ ।

निर्माताले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गर्ने तयारी गरिरहेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?