+
+

धुर्मुस-सुन्तलीको वैवाहिक वर्षगाँठको अवसर पारेर जिग्रीले ल्याए ‘भगवान कसम’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १६:४०

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगो नि’ का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दाजुभाउजूको वैवाहिक वर्षगाँठमा गीत ल्याएका छन् ।

दाजु सीताराम कट्टेल ‘धुर्मुस’ र भाउजू कुञ्जना घिमिरे ‘सुन्तली’को १५ औं वैवाहिक वर्षगाँठको अवसरमा ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका हुन् । धुर्मुस-सुन्तलीको अभिनय रहेको गीतमा कुमारलाई गायनमा अन्नु चौधरीले साथ दिएकी छिन् । गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

जनकपुरमा छायांकन गरिएको गीतको भिडियोलाई दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका छन् । कुमारको यो तेस्रो गीत हो । उनको स्वरमा यसअघि ‘मन्जरी’ र ‘मायाले जीवन सजाऔं’ सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?