+
+

खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : रोहितकुमार पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १९:४८

१४ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको ट्‌वान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित गरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपको प्रदर्शनबाट थोरै निराश भए पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताएका हुन् ।

नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इन्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ ।

रोहितले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्टमध्ये यो एक श्रृंखला रहेको पनि धारणा राखे ।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे ।

कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन् ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इन्डिजसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।

मोन्टीले त्रिवि मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राखे । वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?