+
+

अनमोल र आना स्टारर ‘जेरी अन टप’को छायांकन जेठ २० देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ८:५६
संगीतकार कालिप्रसाद बाँसकोटा (बायाँ) र रिकेश गुरुङ ।

काठमाडौं । अनमोल केसी र आना शर्मा स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’को छायांकन मिति तय भएको छ । यो फिल्मको छायाकंन जेठ २० गतेदेखि सगरमाथा क्षेत्रमा हुने भएको छ ।

निर्माता सरोज न्यौपानेले दुई चरणमा हुने छायांकनको पहिलो सेड्युल तय भएको बताए । ‘मौसमको अनुकूलता हेरेर पनि हामी सो मितिदेखि छायांकनमा जाँदैछौं’ उनले भने, ‘सो क्षेत्रमा ३० दिन छायांकन चल्छ ।’

असारको अन्त्यसम्म पानी नपरे छायांकनलाई निरन्तरता दिने न्यौपानेले बताए । फिल्मको दोस्रो चरणको सुटिङ अष्ट्रेलियामा गर्ने तयारी छ ।

यतिबेला फिल्मको म्युजिक सेटिङको काम चलिरहेको छ । यसका लागि निर्माता न्यौपानेसहित संगीतकार कालिप्रसाद बासकोटा नगरकोटमा छन् । प्राप्त तस्वीरमा उनीहरु संगीत कम्पोजमा लागेको देख्न सकिन्छ । यो फिल्ममा संगीतकारको रुपमा अहिलेका चर्चित गायक सुशान्त केसी पनि जोडिएका छन् ।

‘जेरी अनटप’लाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । गुरुङको फिल्म ‘फर्की फर्की’ जेठ १० गते प्रदर्शन तयारीमा छ । निर्माता न्यौपानेको अर्को फिल्म ‘लोकल हिरो’ पनि लाइनअपमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?