+
+

अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १६:०५

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्म जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर मुख्य पात्रको दैनिक गतिविधि र प्रेम सम्बन्धको कथा वरपर घुम्छ । पहिलोपटक अनमोल र जसिताले यो फिल्ममा अनस्क्रिन रोमान्स गरेका हुन् ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा अनमोललाई उनकै ‘फेवरेट’ जनराअनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता केसीले यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए । आफ्नो करिअरको १० वर्ष र दशौं फिल्मको रुपमा यो फिल्म आउन लागेको अनमोलले बताए ।

जसिताले पनि आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताइन् । निर्माता अधिकारीले फिल्मलाई गुणस्तरीय तुल्याउन कुनै कसर नराखिएको बताए ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको हो । निर्माताले छायांकनको समयदेखि नै पोस्टर र स्टिलसहितका फस्टलुक सार्वजनिक गर्दै आएका छन् । अनमोलको जन्मदिनमा सार्वजनिक पोस्टरमा टाइम ट्राभल दर्शाउने प्रयास गरिएको छ ।

फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । रोहित र सुयोगले आगामी फिल्म ‘बेहुली’मा पनि सहकार्य गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?