+
+

फिल्ममा रुचि छैन भुवनकी छोरी काजललाई, अनमोलको ‘रिलेसनसिप स्टाटस’बारे के भनिन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १७:२८

काठमाडौं । अभिनेता भुवन केसीकी छोरी काजल मिडियामा कमै आउँछिन् । बेलाबेलामा बुवा भुवन र भाइ अनमोलसँग देखिएपनि उनी मिडियामा खुलेको देखिएको छैन । तर केही दिनअघि उनले बुवा र भाइसँगको सम्बन्ध र आफ्नो रुचिबारे खुलस्त गरेकी छन् ।

गत साता उनले ललितपुरको बालकुमारीमा एक्वेरियमको व्यवसाय थालेकी छन् । स्थानीयरुपमा हुर्काइएका माछाको प्रवर्द्धन गर्ने उद्देश्यले काजलले यो व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । अनमोल र भुवनले यो आउटलेटको उद्घाटन गरे ।

परिवारका अधिकांश सदस्य फिल्म व्यवसायमा लागेपनि काजलको रुचि एक्वेरियमतिर देखियो । यो मेसोमा काजललाई केही मिडियाले फिल्म खेल्छु भनेर कहिल्यै सोच आएन भनेर प्रश्न सोधेका थिए ।

काजलको जवाफ थियो, ‘आएन, किनभने बाबाको हेक्टिक लाइफ देखेर । न सुत्ने टाइम छ । तिहारजस्ता चाडपर्वमा पनि सुटिङ गरिरहनुपर्ने । बिहान उठ्नुपर्ने । बेलुका नआउनुपर्ने । पानीमा पनि जानुपर्ने । एकदमै गाह्रो काम । त्यो देखेर नै मलाई इन्ट्रेस्ट लागेन ।’

‘सुपरस्टारमा सुपरस्टार र ड्याडमा मेगाड्याड हुनुहुन्छ उहाँ,’ भुवनबारे काजलले भनिन् ।

उनले आफूलाई सरल जीवन मनपर्ने बताइन् । उनले भाइ अनमोलबारे पनि कुरा गरिन् । ‘विचरा अनमोल पनि मिडियाले गर्दा बाहिर जान पाउँदैन । पर्सनल लाइफ कम र पब्लिक चासो बढी हुने भएर होला, हेक्टिक छ उसको पनि । बाबाको जमानामा युट्युब थिएन ।’

उनले ‘खुसी छौ भने अघि बढ’ भन्ने बुवा भुवनको ‘एटिच्युड’ मनपर्ने बताइन् । उनले अनमोल अहिले पनि सिंगल रहेको खुलाइन् । ‘गर्लफ्रेन्ड छैन । अहिलेको लागि करिअरमै फोकस छ ऊ,’ अनमोलबारे दिदी काजलले भनिन् । उनले अभिनेत्री जसिता गुरुङसँग अनमोलको प्रेम सम्बन्धबारेको हल्लालाई खण्डन गर्दै भनिन्, ‘उनी को–एक्टर मात्र हुन् । त्यहाँबाहेक अरु केही छैन ।’

भुवनले आफ्नो फिल्म निर्माण कम्पनीको नाम नै छोरी काजलबाट राखेका छन् । काजल फिल्म्सले आगामी वर्ष केही फिल्म बनाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?