+
+

नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ११:५९
लोकेश बम । तस्वीर : अनलाइनखबर फाइल ।

१६ वैशाख, काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने छ ।

नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ ।

पहिलो खेलबाट विवेक यादव, प्रतिश जि.सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।

नेपालको प्लेइङ ११ : लोकेश बम, अनिल कुमार शाह, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?