+
+

कर्णाली सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १६:५२

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत प्रदेश सरकारको नीति, अनुसन्धान, विश्लेषण, मूल्यांकन, बहस, पैरवी तथा सिफारिस प्रयोजनका लागि पारस्परिक हितको सिद्धान्तमा आधारित रहेर आपसी सहकार्य तथा सहयोग गर्ने सम्झौता भएको हो ।

मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरसिंह रानाको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच दुई पक्षबीच सहकार्य तथा सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताको अवधि ५ वर्षको छ र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिनेछ । कार्यक्रममा मुख्यमन्त्री कंडेलले सम्झौता बमोजिमको कार्यहरु अगाडि बढ्नेमा आफु विश्वस्त रहेको बताए ।

विश्वविद्यालयका उपकुलपति रानाले सम्झौता पश्चात कर्णाली प्रदेशको समग्र नीति तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित कार्यहरु हुने विश्वास व्यक्त गरे ।

उनले कर्णाली प्रदेश सरकारलाई आवश्यक पर्ने विज्ञ जनशक्ति विश्वविद्यालयसंग रहेको र त्यसका लागि सहकार्य गर्न तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?