+
+

कर्णाली सरकारको एक वर्षको प्रगति शून्य : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:४०

१४ माघ, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ ।

१२ माघमा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष निकालेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

उनले विकासप्रति जनताको आकांक्षा, कर्णालीको भौगोलिक अवस्था र सरकारको विकास नीति तथा गतिबीच तालमेल नमिलेको टिप्पणी गरे ।

नेता कँडेलले सरकारको गलत कामका कारण जनप्रतिनिधि र व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको बताए । ‘सरकारले जनताको निराशा चिर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको छ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो परिस्थिति निर्माण हुनु आफैंमा दुखद छ र अझैपनि सरकारको नेतृत्व सुधार गर्नेभन्दा थप गलत कार्यहरुलाई प्रश्रय दिनमा बढी अग्रसर देखिन्छ ।’

राजकुमार शर्मा नेतृत्वको कर्णाली सरकारले गत २७ पुसमा एक वर्ष पूरा गरेको थियो । एमालेले योजना निर्माणमा प्रदेश सरकार अपारदर्शी रहेको र भ्रष्टाचार तथा कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा नै उद्धत भएको आरोप लगाएको छ ।

प्रदेशसभामा सरकारलाई नीतिगत सुधार, कर्णालीको समृद्धि, सुशासन र पारदर्शिताका विषयमा पटकपटक घच्घच्याए पनि नसुनेको एमालेको भनाइ छ ।

१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पबाट पीडितहरुले अहिलेसम्म प्रभावकारी ढंगले राहत, पुनर्स्थापना र क्षतिपूर्ति नपाएको एमाले संसदीय दलका नेता कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?