+
+
Shares

अग्नि खरेलले प्रस्ताव : कार्यदलको प्रतिवेदन सामसुम नपारियोस्, विवाद झन् तल पुग्छ

एमाले केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी पुरर्गठन कार्यदलले बनाएको प्रतिवेदनलाई केन्द्रीय समितिबाट नटुंग्याए पार्टी भित्रको थप विवाद अझै तलसम्म पुग्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय सदस्य अग्नि खरेलले कार्यदलको प्रतिवेदन केन्द्रीय समितिबाट टुंग्याउन माग गर्दै त्यसलाई छलफलमा नल्याए विवाद अझै तलसम्म पुग्ने बताए ।
  • उनले अर्लि महाधिवेशनबारे आफूले पहिले विमति राखेको स्मरण गर्दै अहिले त्यसकै असरले पार्टी नेतृत्व संकटमा परेको उल्लेख गरे ।
  • खरेलले महाधिवेशन भएको पाँच/छ महिनामै अध्यक्ष हट्नुपर्ने स्थिति आएको भन्दै समयमा कुरा नसुनेकाले सङ्कट बढेको बताए ।

६ वैशाख, काठमाडौं । एमाले केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी पुरर्गठन कार्यदलले बनाएको प्रतिवेदनलाई केन्द्रीय समितिबाट नटुंग्याए पार्टी भित्रको थप विवाद अझै तलसम्म पुग्ने बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा मंगलबार बोल्दै उनले कार्यदलको प्रतिवेदन कार्यान्वयन गरेर जानुपर्ने धारणा राखे । कार्यदलको रिपोर्ट एमाले कार्यकर्ताहरूको सम्पत्ति बनिसकेकाले अब यसलाई केन्द्रीय कमिटीले नै एकरुपता दिनुपर्ने धारण राखे ।

‘ यदि त्यो कार्यदलको रिपोर्टलाई यहाँ नल्याई सामसुम पारियो र अध्यक्ष त्यसका लागि तयार हुनुभएन भने विवद घट्दैन झन् तलसम्म पुग्छ’ बैठकमा नेता खरेलले भने ।

उनले कार्यदलको प्रतिवेदनलाई छलफलमा ल्याउन माग गरे । उनले अर्लि महाधिवेशन गर्ने विषयमा आफूले राखेको विमतिबारे स्मरण गराउँदै अहिले अहिले त्यही कारण झन् समस्यामा परेन अवस्था आएको उल्लेख गरे ।

‘त्यो बेला मैले यो अर्लि महाधिवेशन नगरौं भनेको थिएँ तपाईंहरूले मान्नुभएन । अहिले आएर अध्यक्षले पनि दु:ख पाउनुभयो, अरूले पनि दु:ख पाउनुभयो’ उनले बैठकमा भनेका थिए । ११ औँ महाधिवेशनका लागि अझै दुई वर्षको समय बाँकी छँदै महाधिवेशन गरिएको थियो । अहिले त्यही महाधिवेशनबाट निर्वाचित भएको व्यक्तिले यति चाँडै कसरी हट्ने भन्ने प्रश्न उठिरहेको उनले बताए ।

अध्यक्ष भर्खर निर्वाचित भएर आएको मलाई कसरी हटाउने ? भन्नुहुन्छ। अरू साथीहरू ‘तपाईंको कारणले अप्ठ्यारो भयो, ठाउँ छोडिदिनु राम्रो हुन्छ भन्छन्। महाधिवेशन भएको पाँच-छ महिनामै हट्नुपर्ने स्थिति बनेको छ, त्यो पनि आफ्नै टिमले हट्न भनिरहेको छ । समयमा कुरा नसुनिएकाले तपाईंहरू आफ्नै कारणले यो सङ्कटमा पर्नुभएको हो’ बैठकमा नेता खरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?