News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेले आज बसेको सचिवालय बैठकबाट ईश्वर पोखरेलसहित ७ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ।
- बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको छ।
८ असोज, काठमाडौं । एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ। आज बसेको सचिवालय बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।
अब उनीहरूको नाम केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ ।
एमालेको आजको सचिवालय बैठकले पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4