+
+
Shares

एमाले बैठकमा शाही : जनमत निर्माण केही नेताको आपसी प्रशंसा वा तिखो आलोचनाले हुँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य मीबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:२३

७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य मीबहादुर शाहीले जनमतको निर्माण नेताहरूबीच हुने एकआपसको प्रशंसा वा तिखो आलोचनाले मात्र हुन नसक्ने भन्दै समग्र कार्यशैली सुधार्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राख्दै शाहीले आम रूपमा प्रस्तुत हुने बोलीवचन, व्यवहार र कार्यशैलीमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले पार्टीभित्र भइरहेका छलफल र अन्तरसंवादले जनसरोकारका विषयलाई कति प्राथमिकतामा राखेका छन् भन्ने कुराले मात्रै अर्थ राख्ने बताए।

विगतको निर्वाचनमा ९० देखि १०० सिट जित्ने अनुमान गरिए पनि नतिजा त्यस्तो नआएको स्मरण गर्दै उनले ग्राउन्डको यथार्थ फरक रहेको स्पष्ट पारे। ‘हाम्रा अनुमानहरू सत्यको नजिक पुग्न सकेनन्, त्यसका स्रोत हामी नै थियौं,’ उनले भने, ‘बैठकमा भनिएजस्तो ग्राउन्डमा छैन। यसमा अध्यक्ष कमरेडको मसिनोगरी ध्यान जान जरुरी छ।’

समयको गतिशीलतासँगै जुनसुकै संरचनामा परिवर्तन असम्यभावी छ । जनतसँग सम्बन्ध टुटेको विषय सबैबाट उठेको छ । मुख्य चुरो यहिँनेर छ । जनता सर्वेसर्वा हुन्। तीनको इच्छा, आंकाक्षा र गतिलाई ध्यान दिन जरुरी छ,’ उनले भने ।

शाहीले आम निर्वाचनपश्चात् गठन गरिएको कार्यदलको औचित्य र त्यसको प्रतिवेदनमाथि पनि प्रश्न उठाएका छन्। उक्त कार्यदलले गरेका कामको परिणाम औपचारिक रूपमा पढ्न र छलफल गर्न पाउनुपर्ने उनको माग छ।

अध्यक्षको प्रतिवेदनमा उल्लेखित रियलाइजेसन (बोध) को पाटोलाई सकारात्मक रूपमा लिँदै उनले यसका निश्चित सूचक र मापदण्ड बनाएर प्रयोग तथा अभ्यासमा ल्याउनुपर्नेमा जोड दिए। प्रतिवेदनको पाना ६८ देखि ७७ सम्म उल्लेखित पार्टी पुनर्गठन, रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणका विषयलाई फराकिलो दायरामा राख्दै थप योजनाबद्ध र अग्रगामी बनाउनुपर्ने उनको सुझाव छ।

बैठक उद्घाटनका क्रममा नमिलेको मन पछि मिल्दै गएको देखिएको भन्दै उनले पार्टीभित्र अझै राम्रोसँग एकता कायम हुने विश्वास व्यक्त गरे। बदलिँदो भूराजनीतिको प्रभाव आन्तरिक जनमत निर्माणमा पर्न सक्ने भन्दै शाहीले जनतासँग टुटेको सम्बन्ध जोड्नु नै अहिलेको मुख्य चुरो भएको बताए।

समयको गतिशीलतासँगै जुनसुकै संरचनामा परिवर्तन अवश्यम्भावी रहेको भन्दै उनले जनता सर्वेसर्वा भएकाले उनीहरूको इच्छा, आकांक्षा र गतिलाई ध्यान दिन नेतृत्वलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?