+
+

बझाङमा एमाले उम्मेदवार २५ मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १२:०९
दमनबहादुर भण्डारी र उभिषेकबहादुर सिंह (दायाँ)

१७ वैशाख, काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा झिनो मतले अगाडि रहेका छन् ।

२६,७८५ सदर मतमध्ये भण्डारीले १०,१४९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार उभिषेकबहादुर सिंहले १०,१२४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा माओवादीका जनकबहादुर बुढा छन् । उनले ३६९५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २४२७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?