+
+

पोखराको अमरसिंह चोक र लाकुरी जंगलको आगो निभाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते ८:४९

२० वैशाख, पोखरा । कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र दुई ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ ।

पोखरा महानगरपालिका–३१ बेगनास लाकुरीडाँडा जंगलमा लागेको आगो र पोखरा महानगरपालिका–१० अमरसिंहचोकको शान्तिपथमा बिजुलीका सामानको गोदाममा लागेको आगो सशस्त्र प्रहरीसहितको टोलीले नियन्त्रणमा लिएको हो ।

गएराति ११ बजे पोखरा–३१ बेगनास लाकुरीडाँडा जंगलमा लागेको आगोबाट ९ वटा घरहरु जोखिममा परेका थिए । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको टोलीले आज बिहान ३ बजे आगो नियन्त्रणमा लिएको हो ।

गणपति अरुण पौडेल शर्माले फायरलाइन बनाएर आगो निभाइएको र घरहरु पूर्ण रुपमा सुरक्षित रहेको एकिन गरी टोली गणमा फर्किसकेको जानकारी दिए ।

यसैगरी अमरसिंह चोकको शान्तिपथमा ध्रुव मरासिनीले सांग्रिला सप्लायर्स नामबाट सन्चालन गरेको बिजुलीको गोदाममा गएराति साढे १० बजे आगलागी भएको थियो । आगलागीको खबर स्थानीयबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरीको कालिका गणको टोली, पोखरा महानगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

करिब ४५ मिनेटको फायर फाइटिङ अपरेसनपछि गोदामको आगो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको कालिका गणका गणपति शर्माले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण नआइसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?