+
+

जमल पुगेर यी पुस्तक किनिन् जापानी विदेशमन्त्रीले

आर्यन धिमाल आर्यन धिमाल
२०८१ वैशाख २३ गते १९:५२

२३ वैशाख, काठमाडौं । काठमाडौं भ्रमणमा आइपुगेकी जापानकी विदेशमन्त्री खामीखावा योको भ्रमण कार्यसूचीमा एउटा रोचक कुरा थपिएको थियो : पुस्तक पसलमा जाने । नेपाल आउने कुटनीतिज्ञ, राजनीतिकर्मीको प्राथमिकतामा सम्पदा घुम्ने, पैदल जाने, बालबालिकासँग रमाउने, स्कुल वा विश्वविद्यालय पुग्ने जस्ता कार्यक्रम समावेश हुने भए पनि पुस्तक पसल पुग्ने कार्यक्रम सामान्यतयाः हुन्थेनन् ।

आइतबार प्रधानमन्त्री प्रचण्डसँग वार्ता सकेर उनी सरासर जमल गइन्, जहाँ नेपालको ठूलो र पुरानोमध्येको पुस्तक पसल मन्डला बुक प्वाइन्ट छ । मन्डलामा प्राज्ञिक पुस्तक, जर्नलसँगै, फिक्सन्, ननफिक्सन्, इतिहास, अर्थशास्त्र, विज्ञान इत्यादिका पुस्तक पाइने गर्छन् ।

मन्डला बुक प्वाइन्टका सन्चालक माधवलाल महर्जनले विदेशमन्त्री खामीखावालाई आफ्नो पसलमा स्वागत गरे ।

बुक सप एकसरो चहारिसकेर विदेशमन्त्री खामीखावाले फोटो सर्कलबाट प्रकाशित भएको पब्लिक लाइफ अफ् वुमन पुस्तक किनिन् । उनले ब्रायन टिट्ली, मोहमद खामीलिखित जर्नी थ्रु नेपाल, जेरार्ड टफिनको पनौती : पास्ट टु प्रेजेन्ट, जमाना गुभाजु र बिस्केट जात्राबारे एकता बुक्सले छापेका दुई बालकथा, अनि कथालयले छापेका सातवटा बालकथा पनि किनिन् ।

खामिखावाले ‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’ पुस्तक पनि किनिन् । उनको  रोजाइमा बालबालिकासम्बन्धी पुस्तक पनि परेको थियो । खासगरी उनले नेपाली लेखककै पुस्तक किन्न चाहेकी थिइन् ।

जापानी परराष्ट्रमन्त्री योकोका रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्वीर पुस्तक पनि परेको थियो ।

विदेशमन्त्रीले केही पत्रिका र ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक लगायत पिक्टोरियल बुक पनि किनेको मन्डलाले जानकारी दिएको छ । उनले महिला सशक्तिकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गरेकी थिइन् । पाँच मिनेट मात्रै मण्डला बुक प्वाइन्टमा बिताएकी उनले प्रत्यक्ष पुस्तक हेरी खरिद गरेकी हुन् ।

उनले त्यहाँ भेटिएका प्राध्यापक कृष्ण हाछेथुँ लगायत पाठकहरुसँग पनि छोटो कुराकानी गरेकी थिइन् ।

एक दिनमात्रैको छोटो भ्रमणमा नेपाल आउँदा पनि जापानी विदेशमन्त्रीले पुस्तकलाई दिएको महत्वबाट सञ्चालक महर्जन खुसी देखिए । ‘केही दिनअघि जापानी दूतावासबाट कर्मचारीहरु आएर सुरक्षा प्रबन्ध, पार्किङ आदि चेक गरेर जानुभएको थियो, मन्त्रीज्यु आउनलाई रहेछ,’ महर्जनले भने, ‘व्यस्तताका कारण राजदूत २० मिनेटमात्रै बसेर जानुभयो । किताबलाई महत्व दिने उहाँको शैलीले नेपालीहरुलाई हर्ष लाग्नु स्वभाविक हो ।’

विदेशमन्त्री खामीखावा आइतबार राति स्वदेश फर्कन लागेकी हुन् ।

हेर्नुहोस् थप तस्वीरहरू : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?