+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

‘महाजात्रा’ले मनायो ५१ दिन, हरिवंश भन्छन्- दर्शकको साथ लोभलाग्दो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १९:०२

काठमाडौं । फिल्म ‘महाजात्रा’ले शनिबार प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । १० हलमा फिल्मले उक्त उपलब्धी हासिल गरेको हो ।

काठमाडौंको क्युएफएक्स, आइएनआई, एफक्युब, वान, बीएसआर, रञ्जना, बिग, सिने द सेफ र नेपालगञ्जको सिने रोयलमा फिल्म ७ हप्ताभन्दा बढी समय प्रदर्शन भएको हो ।

निर्माण कम्पनी षट्कोण आर्टस्ले निर्माण गरेको यो फिल्मका अघिल्ला श्रृंखला ‘जात्रा’ र ‘जात्रै जात्रा’ले पनि ५१ दिनसम्म प्रदर्शन भएका थिए ।

यो उपलब्धी मनाउन निर्माताले शनिबार सिभिल हलमा कार्यक्रम आयोजना गरेका थिए । जहाँ ‘कास्ट एण्ड क्रू’को उपस्थितीमा खुशि बाँड्दै केक काटियो ।

अभिनेता हरिवंश आचार्यले ५१ औँ दिनको यात्रा तय गर्नु सुखद खबर रहेको बताए । अहिले नेपाली फिल्मलाई दर्शकबाट प्राप्त मायाका लागि उनले आभार व्यक्त गरे ।

‘दर्शकलाई जति धन्यवाद दिएपनि कम हुन्छ’, आचार्यले भने, ‘अहिले नेपाली फिल्मलाई दर्शकले साथ दिइरहेका छन् । प्रदर्शन भएका फिल्मले घरेलु बजार र विदेशी बजारमा राम्रो व्यापार गरिरहेको छ । यसले यो वर्ष नेपाली फिल्मका लागि सुखद हुने देखिएको छ ।’

नेपाली फिल्ममा दर्शकको साथ लोभलाग्दो रहेको उनले बताए ।

समारोहमा अभिनेता आचार्यसँगै रवीन्द्र झा, शिशिर वाङ्देल, दिव्यदेव, अरविन खड्का, सहायक निर्देशक जेबी रुवाली, प्रोडक्सन म्यानेजर रुपकप्रताप अधिकारी लगायत सहभागी थिए ।

निर्माता म्याक्स दिपेश खत्रीले नेपालमा फिल्मले १६ करोड ८ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको जानकारी दिए ।

‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ । हामीले नयाँ फिल्म २०८२ सालको दसैँमा ल्याउने छौं’ उनले भने ।

फिल्मले घोषणा गरेको ‘महाजात्राको महाजोडी’ फोटो प्रतियोगिताको विजेता प्रविणजंग थापा र प्रकाश बुढाले एक/एक थान मोबाइल प्राप्त गरे ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंशसहित वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय

खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?