+
+

बिरामी संख्या अनुसार नर्सको दरबन्दी कायम गर्ने प्रधानमन्त्रीको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १२:४१

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिरामी संख्याको अनुपातमा नर्सको दरबन्दी कायम गर्न सरकार तयार रहेको बताएका छन् ।

आइतबार १४ औं नर्सिङ सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा उनले नर्सहरुको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका हुन् ।

‘संगठन तथा व्यवस्थापन सर्वे गरी दरबन्दी थप गर्नेबारे नेपाल सरकारको तर्फबाट मैले विभिन्न चरणमा छलफल समेत चलाएको छु । र छिटै यसको समाधानतिर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले नर्सहरुले लामो समयसम्म इन्टर्नमा काम गर्नुपर्ने, जगिर पाएका नर्सहरुको पनि पारिश्रमिक अत्यन्त न्यून रहने, ग्रामीण तथा दूरदराजमा काम गर्ने नर्सहरुका लागि प्रोत्साहनका कार्यक्रमहरु पनि नहुने समस्या आफूलाई थाहा भएको बताए ।

निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरुमा नेपाल सरकारको न्यूनतम पारिश्रमिक सरह सेवा सुविधा सुनिश्चित हुनुपर्ने, उत्पादित जनशक्तिलाई स्वदेशमै राजेगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्ने जस्ता नर्सिङ क्षेत्रको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

‘नेपाल सरकारको लागि नीति तथा कार्यक्रम र बजेट निर्धारण गर्ने अन्तिम संघारमा हामी छौं । नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारी छ । मैले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्नेछु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?