+
+

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते २०:३१

२ जेठ, काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ ।

स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका थिए । त्यही बेला भीडबाट आक्रमण भयो ।

पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । उनको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?