+
+

सुर्खेतमा गोली प्रहार प्रकरणमा थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १२:३५

४ जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।
गिरीलाई बिहीबार भक्तपुर, सुर्यबिनायकबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घटनामा संलग्न अझै एकजना फरार छन् ।

यसअघि उक्त प्रकरणमा यसअघि ४ जना पक्राउ परिसकेका छन् । प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सोही ठाउँक भरत भुल, भारतीय नागरिक १९ वर्षीय रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक रोहित राजपूत सुटरका रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?