+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुर्खेतमा तरुण दलका नेतामाथि गोली हान्न भारतीय सुटर प्रयोग

यज्ञ खत्री यज्ञ खत्री
२०८० फागुन १३ गते २०:५५

१३ फागुन, सुर्खेत । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भयो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लाग्यो ।

विनोदले गाडी रोक्दा मोटरसाइकलमा दुई जनालाई देखे । उनीहरु मोटरसाइकल फर्काएर विपरीत दिशातिर भागे, विनोदले गाडी फर्काएर पिछा गरे । त्यस क्रममा गाडीले मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकलमा चढेकाहरु सडकछेउको जंगलतिर भागे, विनोद भने प्रहरीलाई खबर गर्न गए ।

प्रहरीले खोजी गर्दा मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षका इन्द्र बिक पक्राउ परे । इन्द्रकै सहयोगमा गौरीगंगाकै १८ वर्षका भरत भुल र भारतीय नागरिक १९ वर्षका रोहित राजपूतलाई पक्राउ गर्‍यो । यही घटनामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षका राजन गिरीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रुपक खड्काका अनुसार यो घटनामा संलग्न दुई जना फरार छन् । प्रहरीले घटनाका मुख्य योजनाकारको नाम भने खुलाएको छैन ।

घटना सुनियोजित भएको र गिरीलाई मार्न एक महिना पहिलेदेखि योजना बनेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकारले सुटर रोहित, इन्द्र र भरतलाई ८÷९ दिन पहिले बाँकेको नेपालगञ्जमा भेटेर सुर्खेत बोलाएका थिए ।

विनोदलाई गोली हान्ने योजनाअनुरुप रोहित, इन्द्र र भरत ७ फागुनदेखि वीरेन्द्रनगर–४ स्थित गणेश होटेलमा बास बसेका थिए । घटनाका योजनाकारले भे ५ प ६०६१ नम्बरको मोटरसाइकल समेत उनीहरुलाई उपलब्ध गराएका थिए ।

प्रहरीका अनुसार भारतीय नागरिक रोहित सुटर हुन् । रोहितलाई साथ दिनका लागि चालकको भूमिकामा इन्द्र र रोहितको सहयोगीका रुपमा भरत सुर्खेत आएका थिए । उनीहरुलाई सुर्खेतमा बस्ने र खाने बन्दोबस्त वीरेन्द्रनगरका राजन गिरीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फरार रहेका दुईमध्ये एकजनाले रोहितको टिमलाई विनोद गिरीको घर देखाउने र होटलमा खाने व्यवस्था मिलाएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मार्ने योजना बनाइएका विनोद गिरी नेपाली कांग्रेसको युवा संगठन तरुण दलका जिल्ला सदस्य हुन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?