+
+

वीर अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १९:३३

११ जेठ, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ ।

अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।

लिखित परीक्षाबाट नर्सको छनोट गरिने छ भने परीक्षा २६ जेठका लागि तोकिएको छ ।

परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरूले पनि सहभागी हुन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो । तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो । यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदन स्वतः कायम हुने अस्पतालले जनाएको छ ।

गत मंसिरमा आह्वान भई बीचमा स्थगित विज्ञापनमा १ हजार ३०० बढीले दरखास्त हालिसकेको अस्पतालले जनाएको छ ।

अस्पतालले लिखित परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्नेछ ।

न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले एकदेखि सयसम्म मेरिटका आधारमा छनोट हुने र त्यसपछिका ५० जनालाई वैकल्पिक उम्मेदवारका रूपमा राख्ने बताए ।

करारमा भएका नर्सहरू स्वास्थ्य मन्त्रालयको दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?