+
+
Shares

लाइभ दोहोरीको नाममा अपाच्य प्रस्तुति बन्द गर्न प्रतिष्ठानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:३६

काठमाडौं । युट्युब च्यानल लगायतका सामाजिक सञ्जालमा लाइभ दोहोरीको नाममा अपाच्य शैली प्रस्तुति भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले त्यस्तो अराजकता बन्द गर्न चेतावनी दिएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष रीता थापामगरले त्यस्ता अराजक प्रवृत्तिको घोर भर्त्सना गरेकी छन् । संस्कृतिमाथि हुने यस्ता अतिक्रमण वा अराजकता बन्द गर्न गराउन प्रतिष्ठानले कलाकार, स्टुडियो र युट्युब च्यानललाई सचेत समेत गराएको छ ।

आगामी दिनमा यस्ता गतिविधि दोहोर्‍याएको पाइएमा प्रतिष्ठानको साधारण सदस्यता समेत खारेज गरी सबै सेवा सुविधाबाट बञ्चित समेत गर्ने जनाइएको छ ।

पछिल्लो समय युट्युब लगायत सामाजिक सञ्जालमा लाइभ दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको, यसले समाजमा नकारात्मक असर पारेको, नेपालको विशिष्ट पहिचानको रुपमा रहेको लोकसंस्कृति, सदियौंदेखि चल्दै आएको दोहोरीको मूल मर्ममा प्रहार भएको समेत प्रतिष्ठानले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?