सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) के हो बुझनु अगाडि नोट के हो भन्ने बुझ्नुपर्छ । मुद्रा सरकारले निष्कासन गर्ने हो । मुद्राका लागि सरकार नै जमानत बसेको हुन्छ । भौतिक मुद्राको दायित्वको जमानत सरकारको तर्फबाट केन्द्रीय बैंकले लिएको हुन्छ ।
भौतिक मुद्रा मात्रै भएर हुँदैन । डिजिल जमानमा अब डिजिटल मुद्रा पनि प्रयोग गर्न पाउनु पर्छ । डिजिटल मुद्रा प्रयोगमा ल्याउँदा नोट छपाईको लागत केन्द्रीय बैंकलाई पर्दैन भन्ने उदेश्यले विश्वभरका केन्द्रीय बैंकहरुले डिजिटल मुद्राको विकासमा काम सुरु गरेका छन् ।
केन्द्रीय बैंकहरुले मुद्रा डिजिटलमा लैजान नसक्दा मुद्रा निष्कासनको प्रभुत्व गुम्दै जाने अवस्था भयो । विश्व डिजिटल हुँदै जाने तर, केन्द्रीय बैंक, अर्थतन्त्र र मुद्रा भने भौतिक नै हुने भन्ने हुँदैन । मुद्रा पनि डिजिटल हुनुपर्छ भनेर विश्वभरका केन्द्रीय बैंकहरुले छलफल गरेर नै डिजिटल मुद्राको विकासमा कामसुरु गरेका छन् ।
केन्द्रीय बैंकको सबैभन्दा महत्व नै मुद्रा हो । निजी क्षेत्रले डिजिटल मुद्रा भनेर क्रिप्टोकरेन्सीको विकास गर्दै जाँदा केन्द्रीय बैंकहरु सशंकित भएर मुद्रामा केन्द्रीय बैंकको प्रभुत्व काम राख्नुपर्छ भन्ने उदेश्यले डिजिटल मुद्राको विकासको लागि विभिन्न किसिमका अवधारणपत्र पेश भएका छन् ।
केन्द्रीय बैंकहरुले डिजिटल रुपमा जारी गर्ने मुद्रा नै सेन्ट्रल बैंक डिजिटल करेन्सी हो । सीबीडीसी भनेको ‘सिरियलाईज्ड डिजिटल फियाट करेन्सी’ हो । जुन केन्द्रीय बैंकले निष्कासन गर्छ । सीबीडीसीलाई क्रिप्टोकरेन्सी जस्तै हो भन्ने बुझाई राख्नु हुँदैन । नेपाल राष्ट्र बैंकले पनि सीबीडीसीको विकासमा काम गरीरहेको छ ।
केन्द्रीय बैंकहरुलाई डिजिटल करेन्सी ल्याउन समस्या छैन । कुन अभ्यास सुचारु रुपमा अगाडि लैजान सकिन्छ । भोलि बजारमा आएपछि त्यसलाई सही रुपले व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौति हुन्छ । मुद्रा ल्याएपछि त्यसलाई आवश्यक परिमार्जन अपडेट गर्न सकिन्छ ।
डिजिटल करेन्सी आएपछि त्यसमाबा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न सक्ने क्षमता हुनपर्छ । सार्वजनिक पुर्वाधार विकास भएको हुनुपर्छ । डिजिटल मुद्रा निष्कासन भएपछि भोलिको दिनमा त्यसबाट असहज अवस्था सिर्जना नहोस् भन्ने उदेश्यले विश्वभरी नै त्यसलाई २ किसिमले हेरेको पाइन्छ ।
एउटा होलसेल सीबीडीसी र अर्को खुद्रा सीबीडीसी । होलसेल सीबीडीसी वित्तीय मध्यस्तकर्ता र ठुलो कारोबार गर्ने कर्पोरेसन सँगको कारोबारको लागि हो । खुद्रा सीबीडीसी भनेको ग्राहकसँग कारोबरा गर्ने हो । सीबीडीसीको प्रत्यक्ष र अप्रत्यक्ष ‘एप्रोच’ हुन्छ ।
सीबीडीसी हाइब्रीड मोडलमा पनि अउन सक्छ । यस्तै टु टियर सीबीडीसी पनि आउन सक्छ । निष्कासन गर्ने सबै केन्द्रीय बैंकबाट नै हो । दायित्व केन्द्रीय बैंकमा नै हुन्छ । यसको लेजर पनि केन्द्रीय बैंकमा नै हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष सीबीडीसी भनेको उपभोक्ताले त्यसको प्रयोग गर्ने मोडलको भिन्नता मात्रै हो ।
सिधै केन्द्रीय बैंकबाट अप्रेसन हुनेलाई डाइरेक्ट अथवा प्रत्यक्ष सीबीडीसी र मधयस्तकर्ता प्रयोग हुनेलाई अप्रत्यक्ष सीबीडीसी भनिन्छ । दुबै माध्यमममा अप्रेसन अथवा लेजर खाता केन्द्रीय बैंकमा नै रहेन भएपनि मध्यस्तकर्ताले ग्राहकलाई सेवा दिन्छन् ।
केन्द्रीय बैंकले नै ३ करोड नाागरिकलाई मुद्रा वितरण गर्न सहज हुँदैन । सीबीडीसी आउँदैमा वित्तीय मध्यस्तता नचाहिने भन्ने हुँदैनै । फर्स्ट टियर वा सेकेण्ड टियरमा मध्यस्तकर्ताको रुपमा कुन कुनै संस्था आउँछन् भन्ने हुन्छ । तर, मध्यष्तकर्ता हुँदा अप्रेसन सहज हुन्छ । प्रत्यक्ष सीबीडीसी सञ्चालन गर्दा सम्पूर्ण भार केन्द्रीय बैंकमा पर्न जान्छ ।
सीबीडीसी कसरी डिजाइन भएको छ भन्ने महत्वपूर्ण हुन्छ । सीबीडीसी कार्यान्वयन गर्दा दुईवटा डिजाइन हुनसक्छन् । एकाउन्टबेस सीबीडीसी र टोकनबेस सीबीडीसी । एकाउन्टबेस भनेको अहिलेको बैंक खाता जसरी नै अप्रेसन हुन्छ ।
यस्तै टोकनलाई नगदको रुपमा प्रयोग हुन्छ भने त्यसलाई टोकन बेस भनिन्छ । त्यसमा पब्लिक र प्राइभेट के हो जानकारी हुनपर्छ ।
प्रयोगकर्ताले स्वीकृत गरेको कारोबार मात्रै हुन्छ । सोही मोडल अनुसार एकाउन्टबेस वा टोकसन बेस सीबीडीसी प्रयोगमा आउन सक्छन् ।
एकाउन्टबेस सीबीडीसी अहिलेको डिजिटल भुक्तानीकै जस्तो हुन्छ । टोकनबेसमा पब्लिक की, प्राइभेट की र डिजिटल हस्ताक्षरको आधारमा भुक्तानीको भेरीफिकेसन हुन्छ । टोकनबेस सीबीडीसी नेपालमा प्रयोगमा ल्याउन सहज छैन । हाम्रोमा प्राइभेट र पब्लिक को पुर्वाधार राम्रोसँग चलेको छैन ।
सीबीडीसी प्रयोगमा आएपनि भौतिक मुद्रा (फियट) को विस्थापन हुन सक्दैन । भौतिक मुद्रामा १० लाखसम्मको कारोबारमा चेक साटेर नगद लिन सकिन्छ । डिजिटल करेन्सीमा १० लाखसम्मको भुक्तानी पनि हुन सक्दैन । सानो रिटेल भुक्तानीको लागि मात्रै प्रयोग हुन्छ ।
डिजिटल करेन्सीलाई ट्याक गर्न सकिन्छ । त्यसको प्रयोग गर्नेको हरेक रेकर्ड हुन्छ । हरेक कारोबार डिजिटल करेन्सीमा हुन्छ भने त्यसको रेकर्ड हुन्छ । भौतिक मुद्रा (नोट) बैंकबाट निकाल्दा त्यसको रेकर्ड रहने भएपनि त्यसपछि हुने नगद कारोबारको रेकर्ड रहँदैन ।
तर, कुनै एकाउन्टबाट १० हजार ट्रान्सफर भयो भने त्यसको रेकर्ड रहन्छ । डिजिटल करेन्सीले नोटलाई विस्थापित गर्ने होइन । भौतिक मुद्रा केन्द्रीय बैंकको आधार हो । मुद्राको एउटा माध्यम मात्रै डिजिटल करेन्सी हो ।
सीबीडीसी केन्द्रीय बैंकले निष्कासन गरेको ‘लिगल टेन्डर’ हो । यसको स्वामित्व केन्द्रीय बैंक बैंकसँगै हुन्छ । यो भौतिक मुद्रा (फियट) बराबर नै हो । जुन दरको डिजिटल मुद्रा हो त्यसको भ्यालु कम वा बढी हुने होइन । १ रुपैयाँको हो भने त्यसको भ्यालु १ रुपैयाँ नै रहन्छ ।
डिजिटल करेन्सीमा केन्द्रीय बैंकले ब्लकचेन प्रविधि पनि प्रयोग गर्नसक्छ । त्यसको विकल्पमा सेन्ट्रलाईज अन्य प्रविधि प्रयोग हुनसक्छ । क्रिप्टोकरेन्सीको भने आधार नै डिसेन्ट्रलाइज लेजर टेक्नोलोजी हो ।
सीबीडीसीको दायित्व केन्द्रीय बैंकको हुने भएकोले यो केन्द्रिकृत हो । यसमा नोटमा जस्तै सिरियल नम्बर हुन्छ । सिरियल नम्बरको आधारमा डिजिटल करेन्सी केन्द्रीय बैंकले ट्याक गर्न सक्छ । सोही कारण यसले सम्पत्ती शुद्धिकरण निवारणमा सबैभन्दा धेरै मद्धत गर्छ ।
क्रिप्टोकरेन्सी र सीबीडीसी फरक धार हुन् । क्रिप्टोमा गलत प्रयोग हुने र गैरकानुनी लेनदेन हुने काम समेत हुँदै गयो । क्रिप्टोलाई विनियमय बनाएर व्यापार गर्दा औपचारिक अर्थतन्त्र घट्दै जाने अवस्था आयो । औपचारिक अर्थतन्त्र कमजोर भएर मुद्रामा कारोबार नभएपछि त्यसले मुद्राको भ्यालु समेत कमजोर हुने अवस्था आउँछ ।
मुद्राको बजारमा स्वीकारर्यता बढाउन पनि सीबीडीसीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । क्रिप्टोकरेन्सीलाई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले नेपालमा प्रयोग निषेध गरेका छन् । क्रिप्टोकरेन्सी औपचारिक मुद्रा होइन, औपचारिक अर्थतन्त्रमा यसको योगदान पुग्दैन ।
यसको लाभग्राही राष्ट्र नभएर व्यक्ति हुन्छ । त्यसलाई केन्द्रीय बैंक र सरकारले ट्याक गर्न सक्दैन भनेर नै गैरकानुनी घोषणा गरेको छ । सरकारले नै क्रिप्टोकरेन्सीलाई गैरकानुनी घोषणा गरेपछि सीबीसीडीसँग त्यसको तुलना नै हुँदैन ।
विश्वका केही देशले पूर्ण प्रतिवन्ध लगाउन मिल्दैन भने आंशिक रुपमा खुल्ला पनि गरेका छन् । धेरै देशमा पूर्ण प्रतिबन्ध छ । विश्वका जुन मुलुकमा क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भनिएको छ । ती मुलुकमा कसरी कर लगाउने भन्ने देखिन्छ ।
कुनै पनि बस्तु तथा सेवामा कर लगाएपछि त्यो महँगो भएर जान्छ । आगामी दिनमा सरकारले कसरी कर लगाउँछ, कुन किसिमको करको दायरमा ल्याउँछ भन्ने कुराले पनि क्रिप्टोकरेन्सीको प्रभावकारीता र सर्कुलेसन कस्तो हुन्छ भन्ने भरपर्छ । कर लगाएका देशहरुमा क्रिप्टोकरेन्सी राम्रोसँग चलेको छ ।
एस साल्भाडोर सामान्य बस्तु तथा सेवा क्रिप्टोमा नै किनबेच गर्न सकिन्छ । क्रिप्टोको पनि विभिन्न ब्राण्ड छन् । भुक्तानीको लागि मात्रै क्रिप्टो प्रयोग हुँदैन । यसको धेरै प्रयोग हुन्छ । विकासशिल मुलुकमा क्रिप्टोलाई भुक्तानी औजारको रुपमा मात्रै हेरेका छौं ।
(डिजिटल करेन्सी विज्ञ राणासँग अनलाइनखबरका लागि विजय पराजुलीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4