
काठमाडौं। नयाँ अंग्रेजी वर्ष सन् २०२५ सुरु भैसकेको छ । निश्चय नै यो वर्ष हामीले कैयन् नयाँ प्रविधि देख्न पाउने छौँ। उसो त प्रविधि भन्ने चिज पूर्णरुपमा नयाँ हुँदैन, तर त्यसको समायोजन वा स्वरुप चाहीँ नयाँ हुने गर्छ ।
वास्तवमा बितेको वर्ष सन् २०२४ पूर्णरुपमा आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित रह्यो । त्यसैले सन् २०२५ मा एआईको सिलसिला अझै अगाडि बढेको देखिेनछ । अर्थात् एआईको अत्याधुनिक तथा झनै समृद्ध संस्करण आउनेछ।
यो वर्ष प्रयोगकर्ताहरुले एआई तथा फाइभ जी को उत्कृष्ट रुप देख्न पाउनेछन् । साथै भर्चुअल रियालिटी तथा अग्मेन्टेड रियालिटी प्रविधिमा आधारित नयाँ प्रडक्टहरु पनि आउनेछन् । मेटाले गतवर्ष स्मार्ट चस्मा लञ्च गरेको थियो । यो वर्ष अन्य कम्पनीहरुले पनि स्मार्ट चस्मामा मेटाको सिको गर्नेछन् ।
सामसुङले पनि यो वर्षकै पूर्वार्धमा आफ्नो स्मार्ट चस्मा सार्वजनिक गर्नसक्ने सम्भावना छ । यद्यपि यो बजारमा आउन भने समय लाग्नेछ । सन् २०२५ मा देख्न पाइने कतिपय नयाँ ट्रेण्ड तथा टेक्नोलोजीको फेहरिस्त यस्तो छ :
एआररभीआर हेडसेटको युग
यो वर्ष सन् २०२५ मा हामीले यो विधामा क्रान्तिकारी प्रडक्टहरु देख्न पाउनेछौँ । उसो त यो प्रविधि लामो समयदेखि विद्यमान छ, तथापि अहिलेसम्म यसको पहुँच आम मानिसहरु सम्म चाहीँ पुगेको छैन । गुगलले यस्तै खालका हेडसेट तथा तथा स्मार्ट चस्माका लागि विशेष अपरेटिंग सिस्टम एन्ड्रोइड एक्स आर लञ्च गरेको छ ।
यो वर्ष यससँग सम्बन्धित नयाँ प्रडक्टहरु देख्न पाइने अपेक्षा छ। रिपोर्ट अनुसार सामसुंगले निकट भविष्यमै गुगलको एन्ड्रोइड एक्स आर अपरेटिंग सिस्टमयुक्त आफ्नो स्मार्ट चस्मा सार्वजनिक गर्नेछ ।
यसको सहयोगबाट प्रयोगकर्ताले केवल हाउभाउ तथा भ्वाइस कमान्डबाटै भर्चुअल संसारमा पहुँच पाउनेछन् । त्यसैगरी मेटाले पनि आफ्नो क्वेस्ट थ्री एसको मद्दतले मिक्स्ड रियालिटीलाई अझै धेरै पहुँचयोग्य बनाउनेछ । अर्थात् समग्रमा यो वर्ष अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीको व्यापकता देख्न पाइनेछ।
एआईको विस्तार
सन् २०२४ मा स्मार्टफोनमा एआईको एकीकरण अत्यधिक मात्रामा देख्न पाइयो । यद्यपि यो अपडेट केवल प्रिमियम फोनसम्म मात्रै सीमित रह्यो । तर यो वर्ष सन् २०२५ मा चाहीँ स्मार्टफोनमा एआइको विस्तार अधिक हुनेछ ।
कम्पनीहरुले यस्तो खालका मध्यम मूल्यका स्मार्टफोनहरु पनि बजारमा ल्याउने सम्भावना छ जसमा एआई फिचर हुनेछन् । यो वर्ष केवल स्मार्टफोनमा मात्र होइन अन्य डिभाइसहरुमा समेत एआईको विस्तार हुनेछ ।
यो वर्ष हामीले एआईको स्टार्टर भर्सन देख्न पाइनेछ साथै यसको एकीकरण अन्य विधामा पनि हुनेछ । विज्ञहरुका अनुसार अहिले स्मार्ट होम अप्लाइन्सको चलन विश्वभर बढिरहेको छ । खासगरी सरसफाइँ उद्योगमा यो निकै देख्न पाइन्छ, जहाँ रोबोटिक भ्याकुम क्लिनरको चलन बढेको छ । सन् २०२५ मा यो क्षेत्रमा थप नवप्रवर्तन देखिनेछ ।
बजारमा आउनेछन् झनै महंगा स्मार्टफोन
एआई जस्ता फिचरहरु थपिनुको अर्थ अधिक शक्तिशाली प्रोसेसर तथा दमदार ब्याट्री हुनु पनि हो । यसको कारणले गर्दा स्मार्टफोनको मूल्यमा पनि वृद्धि हुनेछ । कम्पनीहरुले अधिक क्षमतायुक्त प्रोसेसरको प्रयोग गर्नेछन्, जसको मूल्य निश्चित रुपमा धेरै हुनेछ । साथै फोनले गर्ने उर्जाको खपत पनि बढ्नेछ ।
यसले गर्दा स्मार्टफोनको ब्याट्रीको क्षमता पनि बढाउनु पर्नेछ र यसको भार अन्ततः प्रयोगकर्तामै पर्नेछ । यसका अलावा कम्पनीहरुले क्ष्एटढ रेटिंग वाला डिभाइस बनाउन सुरु गरिसकेका छन् । अर्थात् स्मार्टफोनमा फिचरहरु थपिएसँगै त्यसको मूल्य पनि बढ्नेछ । जसका कारण बजारमा अहिलेसम्मकै सबैभन्दा बढि मूल्य पर्ने स्मार्टफोन आउनेछन् ।
स्याटेलाइट इन्टरनेट
विश्वका विभिन्न देशहरुमा यो वर्ष स्याटेलाइट इन्टरनेट आम प्रयोगकर्ताको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ । एलन मस्कको कम्पनी स्टार लिंकले भारत लगायतका देशमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ ।
क्रिप्टोकरेन्सी
यो वर्ष सन् २०२५ मा क्रिप्टोकरेन्सीमा एकपटक पुनः उछाल देखिने सम्भावना छ। अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तामा पुनरागमनसँगै क्रिप्टोकरेन्सीको मूल्यमा पनि तिव्र वृद्धि हुन सक्नेछ ।
यसको प्रमुख कारण चाहीँ एलन मस्क नै हुन् जसले ट्रम्प सरकारमा महत्वपूर्ण जिम्मेवारी पाउनेछन् । एलन मस्कको क्रिप्टोकरेन्सी प्रतिको झुकाव जगजाहेर नै छ ।
उनले नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आफ्नो एक्स प्रोफाइल तथा नाम समेत परिवर्तन गरी एउटा क्रिप्टोकरेन्सीको नाममा राखेका छन् । ट्रम्पको पदभार ग्रहणसँगै क्रिप्टोकरेन्सीको बजारमा तिव्रता आउने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4