+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

इजरायल आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका निजी सामग्री परिवारलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:४५

२३ पुस, काठमाडौं। नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले एक वर्षअघि इमासको आक्रमणमा परेर ज्यान गुमाएका १० विद्यार्थीका निजी सामग्रीहरु परिवारलाई हस्तान्तरण गरेका छन्।

दक्षिण इजरायलको किबुज अलुमिममा २० असोज २०८० मा हमासले एक्कासी आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल जाँदा मारिएका ती विद्यार्थीका परिवारलाई बोलाएर मंगलबार इजरायली राजदूत बासले उनीहरुका निजी सामग्री हस्तान्तरण गरेका हुन् ।

‘ती निजी सामग्रीहरुले गहिरो भावनात्मक मूल्य राख्छन्, त्यसैले त्यसका सम्बन्धित धनीहरुलाई बुझाएका छौं’, दूतावासले विज्ञप्ति जारी गरेर भनेको छ, ‘राजदूत बासले ती सुटकेश फिर्ता ल्याउन भूमिका खेल्नु भएको थियो।’

त्यसक्रममा उनले अलुमिम आक्रमणमा घाइते धनबहादुर चौधरीसँग पनि भेट गरेका थिए । त्यहाँ मृतक परिवारबाट अरु ६ जनाको पनि उपस्थिति थियो । त्यसक्रममा राजदूत बासले पीडितहरुको कुरा सुनेका थिए।

‘इजरायलका जनताले प्रभावित नेपाली परिवारसँग ऐक्यबद्धता प्रकट गरेका छन् र हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको शीघ्र उद्दारको कामना गरेका छन्’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?